प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : जानकारीमूलक
बिदाई कार्यक्रम सम्पन्न
२०८१-०८-०१

नेपाल प्रहरी जवान पदमा नयाँ नियुक्ती भई विभिन्न समयमा पदोन्नती हुँदै प्रहरी नायव निरीक्षक पदबाट इमान्दार र कर्तव्यपरायण राष्ट्रसेवकको रुपमा कार्यरत रही ३० वर्ष सेवा अवधि पुरा गरि अनिवार्य अवकाशमा जान लाग्नु भएका प्रहरी नायव निरीक्षक श्री रेशम बहादुर बानियाज्यूको मिति २०८१/०८/०१ गते यस शिक्षालयका निमित्त निर्देशक प्रहरी उपरीक्षक श्री भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सेवा निवृत भई जान लाग्नु भएका प्रहरी नायव निरीक्षक श्री रेशम बहादुर बानियाज्यूले सेवामा रहँदाका आफ्ना अनुभवहरू साट्नु भएको थियो भने प्रमुख अतिथी निमित्त निर्देशकज्यूले सेवामा रहदा पुर्‍याउनु भएको योगदानको उच्च प्रशंसा गर्नु हुँदै बाँकी व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सफलताको कामना सहित अवकाश पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

निर्देशकज्यूको बिदाई कार्यक्रम सम्पन्न
२०८१-०७-११

नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक श्रीमान् राजेशनाथ बास्तोलाज्यू उमेर हदका कारण सेवाबाट अनिवार्य अवकास हुनु भएकोले यस शिक्षालयमा औपचारिक कार्यक्रम आयोजना गरी बिदाई सम्पन्न गरिएको थियो । बिदाई कार्यक्रममा शिक्षालयको उप-निर्देशक प्रहरी उपरीक्षक श्री भरत बहादुर बि.क.ज्यूले बिदाई भई जानुहुने प्रहरी नायव महानिरीक्षकज्यूलाई शिक्षालयको तर्फबाट मायाको चिनो प्रदान गरी शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा निर्देशकज्यूको पूजनीय पिता पूर्व सांसद हरिनाथ बास्तोलाज्यू, नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय प्रशासन सचिव अजिता देवकोटा बास्तोलाज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय संचार रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालज्यू, यस शिक्षालयका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाज्यू, प्रहरी निरीक्षकज्यूहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माज्यू, यस शिक्षालयका जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरू लगायत प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९ औं समूहका सम्पूर्ण प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन कार्यक्रम सम्पन्‍न
२०८१-०७-०८

मिति २०८१ कार्तिक ८ गतेका दिन संगठन प्रमुख श्रद्देय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा यस शिक्षालयको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रहरी शिक्षालय, भरतपुर र The Cosmic Nirwan Sewa Pvt.Ltd., भरतपुर बिच मिति २०७९/११/०३ गते भएको सम्झौता अनुसार नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण सम्पन्न भएको भवनको प्रमुख अतिथिबाट पानसमा दिप प्रज्वलन एवं शिलालेख अनावरण गरि समुद्घाटन भएको हो ।उक्त अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका भौतिक पूर्वाधार शाखा प्रमुख प्रहरी नायव उपरीक्षक ई. शम्भु प्रसाद कोईरीले भवन निर्माण सम्बन्धि  प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्नुहुँदै यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले नव-निर्मित प्रशासनिक भवनले भविष्यमा नेपाल प्रहरीबाट प्रवाह हुने सेवा सुविधालाई अझ बढी प्रभावकारी रूपमा प्रदान गरि नेपाल प्रहरीमा हुने भर्ना, छनौट, वृत्तीविकास, उपदान, निवृतीभरण, तालिम संचालन तथा कार्यालय संचालनसँग सम्बन्धित विविध कृयाकलापहरूको अभिलेख प्रणालीलाई थप व्यवस्थित तथा समयानुकुल बनाउनमा टेवा पुर्‍याउने बताउनु भयो ।कार्यक्रममा नव-निर्मित प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने द कस्मिक निर्माण सेवा प्रा.लि.का संचालक होमनाथ दवाडी लगायतलाई प्रशंसापत्र प्रदान गर्दै संगठन प्रमुखज्यूले आफ्नो प्रशिक्षण पद्धतिलाई समायनुकुल परिवर्तन सँगसँगै भविष्यमा आउन सक्ने चुनौतीलाई दृष्टिगत गरी चुनौतीको सामना गर्न सक्ने प्रहरी जनशक्ति निर्माण गर्न निर्देशन दिनुभयो । कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले समाजमा शान्ति सु-व्यवस्था कायम गरी आम नागरिकलाई ढुक्कसँग बस्‍ने वातावरण तयार गर्ने प्रहरी आफै दयनीय अवस्थामा रहँदा प्रहरीले प्रदान गर्ने शान्ति सुरक्षा तथा समग्र सेवा प्रवाहमा प्रभावकारीता नआउने हुँदा भौतिक संरचनामा समेत सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रहरी नायव महानिरीक्षक केदार ढकाल, बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयका प्रमुख सशस्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर, राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश कार्यालयका प्रमुख, अवकाश प्राप्त पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महत, जिल्ला स्थित सरकारी एवं गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरू, अवकास प्राप्त पूर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरी परिवार संघका पदाधिकारीहरू, यस शिक्षालयका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू, प्रहरी कार्यालय सहयोगीहरू र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

६९ औं प्रहरी दिवस, २०८१ सम्पन्न
२०८१-०६-३०

मिति २०८१ असोज ३० गतेका दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा यस शिक्षालयमा आयोजना गरिएको ६९ औं प्रहरी दिवस, २०८१ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त अवसरमा यस शिक्षालयका उप- निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्नुहुँदै संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको सन्देश वाचन गर्नु भएको थियो । उक्त अवसरमा प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा पुष्पहार माल्यार्पण गर्नुभएको  थियो भने पूर्व प्रहरी संगठन, चितवनका अध्यक्ष बल बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूले ६९ औं प्रहरी दिवसको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद (भलिबल, फुटबल, ब्याडमिन्टन) प्रतियोगितामा विजेता हुन सफल खेलाडीहरू तथा यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनका क्रममा प्रमुख अतिथिले नेपाल प्रहरीका सकल दर्जाका उर्जाशील प्रहरी अधिकृत तथा जवानहरू, सेवानिवृत्त प्रहरी कर्मचारीहरू, प्रहरी परिवार तथा अमर प्रहरीका समादरणीय परिवारजनमा "६९ औँ प्रहरी दिवस-२०८१" को अवसरमा व्यावसायिक सफलता, व्यक्तिगत तथा पारिवारिक सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै राष्ट्र र नागरिकको सुरक्षाको खातिर आफ्नो प्राणको उत्सर्ग गर्ने नेपाल आमाका वीर सपूतहरूको कर्तव्य परायणता, त्याग र बलिदानले हामीलाई निर्भिक एवम् अविचलित भई निरन्तर जनताको सेवामा तल्लिन रहन अभिप्रेरित गरिरहेको हुनाले हामीले सोही अनुसार कार्य गरी अमर प्रहरीहरूले देखाउनु भएको बाटोमा अडिग भएर लाग्न निर्देशन गर्नुभएको थियो । कर्तव्यपालनाको सिलसिलामा शारीरिक एवम् मानसिक क्षती व्यहोर्न पुग्नुभएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भई वीर अमर प्रहरीहरू प्रति भावपुर्ण श्रद्धान्जली अर्पण र आफ्ना प्रियजन गुमाएर क्षती व्यहोर्नु हुने परिवारका सदस्यहरूमा हार्दिक समवेदना प्रकट गर्नु भएको थियो ।उक्त कार्यक्रममा चितवन भू.पू. सैनिक कल्याणकारी क्लब, चितवनका अध्यक्ष प्रेम बहादुर खड्काज्यू, पूर्व प्रहरी संगठन कार्य समिति, चितवनका अध्यक्ष अवकाश प्राप्त प्रहरी नायव निरीक्षक बल बहादुर थापा तथा यस शिक्षालयका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू र प्रहरी कार्यालय सहयोगीहरूको समेत उपस्थिति रहेको थियो ।

साँस्कृतिक कार्यक्रम २०८१ सम्पन्न
२०८१-०६-२३

नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनको आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४५ तथा छठ पर्वको अवसरमा शुभ कामना आदान प्रदान तथा उमंग साँस्कृतिक कार्यक्रम २०८१ मिति २०८१ आश्विन २३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको समुपस्थितिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा निर्देशकज्यूको पूजनीय मातापिता, नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय प्रशासन सचिवज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुखज्यू, यस  शिक्षालयका उप-निर्देशकज्यू लगायत सम्पुर्ण सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, सम्पुर्ण प्रहरी कर्मचारीहरू तथा प्रहरीका परिवारहरूको समेत सहभागिता रहेको थियो ।

पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न
२०८१-०६-२२

६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनद्वारा आयोजित पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया तथा बडा दशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम मिति २०८१ असोज २२ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । साथै, उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण पूर्व प्रहरी कर्मचारीहरूले यस शिक्षालयले पूर्व प्रहरी कर्मचारीहरूसँगको अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको प्रति खुशी व्यक्त गर्नुका साथै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरूको आयोजना गरी बहालबाला कर्मचारीहरू र पूर्व प्रहरी कर्मचारीहरू बीचमा पुनर्मिलन हुने अपेक्षा समेत राख्नु भएको थियो । कार्यक्रमको अन्तमा यस शिक्षालयका निर्देशकज्यूबाट कार्यक्रममा उपस्थित भएको प्रति सम्पूर्ण उपस्थित पूर्व प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापनको साथै बडा दशैँ, २०८१ को पावन अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अपराध अनुसन्धान तथा नियन्त्रण तालिम सम्पन्‍न
२०८१-०६-२१

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर मिति २०८१/०५/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज.देखि प्र.व.ह.) तालिम सातौँ समूहको मिति २०८१/०६/२१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक सागर पन्तज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

निर्देशक प्र.ना.म.नि. राजेशनाथ बास्तोलाज्यूको समुपस्थितिमा घटस्थापना पुजा सम्पन्न
२०८१-०६-१७

बडा दशैँको पावन अवसरमा बडा दशैँको आज पहिलो दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको समुपस्थितिमा विधिवत रूपमा घटस्थापना पुजा सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृतहरू र जुनियर प्रहरी अधिकृतहरू लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । साथै, उक्त कार्यक्रममा निर्देशकज्यूले यस शिक्षालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई बडा दशैँको पावन अवसरमा शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

फेरी भेटौँला कार्यक्रम सम्पन्न
२०८१-०६-१४

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०६/०७ गतेको पत्रादेशले यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवन दरबन्दी भई कार्यरत रहनु भएका प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीको जिल्ला प्रहरी कार्यालय, बाँके सरुवा भएको हुँदा मिति २०८१/०६/१४ गते यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका  निर्देशक प्रहरी नायव महानिरीक्षक श्री राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि तथा निर्देशकज्यूले बिदाई भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीलाई शिक्षालयको तर्फबाट मायाको चिनो तथा पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयमा रहँदाबस्दा पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

अप्रेशनल कमाण्ड तथा व्यवस्थापन तालिम सम्पन्न
२०८१-०६-१३

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०५/१६ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM LEVEl-1) जु.प्र.अ. तालिम २० औँ समूह” को मिति २०८१/०६/१३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

निर्देशक प्र.ना.म.नि.ज्यूबाट पदभार ग्रहण तथा निर्देशन सम्बोधन
२०८१-०६-११

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्र आदेश अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, नक्साल, काठमाण्डौ दरबन्दी भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज सरुवा भई मिति २०८१/०६/११ गते हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यू नेपाल प्रहरी शिक्षालयको निर्देशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा मार्ल्यापण गर्नुको साथै यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनको क्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूबाट प्रहरी कर्मचारीहरूमा उच्च अनुशासन कायम गर्दै दिएको जिम्मेवारी निष्ठा, जवाफदेहि तथा उत्तरदायी भई वहन गर्नुपर्ने कुराहरू बताउनु भएको थियो । साथै सोही अवसरमा यस शिक्षालयका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाबाट शिक्षालयको प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरिक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम सम्पन्न
२०८१-०६-०८

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०५/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान (जु.प्र.अ.) तालिम" १३औं समूहको मिति २०८१/०६/०८ गते यस शिक्षालयका निमित्त निर्देशक प्रहरी उपरीक्षक श्री भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक बिराट शर्मा पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अपराध अनुसन्धान तालिम सम्पन्न
२०८१-०६-०४

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेन्डर अनुसार मिति २०८१/०४/२७ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “अपराध अनुसन्धान (जु.प्र.अ.) तालिम ५२औँ समूह”को मिति २०८१/०६/०४ गते यस शिक्षालयका निमित्त निर्देशक प्रहरी उपरीक्षक श्री भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८१-०५-३०

नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१/०५/२५ गतेको निर्णय बमोजिम नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशले यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा कार्यालय प्रमुखको रूपमा रहनु भएका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर, धनुषा काज सरुवा हुनु भएकोमा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा यस शिक्षालयका उप निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूले रवाना पत्र, मायाको चिनो, खादा र पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयको निर्देशकको रूपमा रहँदा पुर्‍याउनु भएको योगदानको चर्चा गर्नु हुँदै नेपाल प्रहरी शिक्षालयका कर्मचारीहरूको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

ट्राफिक नियन्त्रण तालिम सम्पन्‍न
२०८१-०५-२४

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर मिति २०८१/०४/०२ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित “ट्राफिक नियन्त्रण (प्र.व.ह./प्र.ह./प्र.स.ह./प्र.ज.) तालिम प्रथम समूह”को मिति २०८१/०५/२४ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक नवराज खड्काज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

बिदाइ कार्यक्रम सम्पन्न
२०८१-०५-२४

मिति २०५१/०५/१६ गते नेपाल प्रहरी सेवाको प्रहरी सहायक निरीक्षक पदमा नयाँ नियुक्ती भई विभिन्न समयमा पदोन्नती हुँदै प्रहरी नायव उपरीक्षक पदबाट इमान्दार र कर्तव्यपरायण राष्ट्रसेवकको रूपमा कार्यरत रही ३० वर्ष सेवा अवधि पुरा गरि अनिवार्य अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक श्री रामकृष्ण सापकोटाज्यूको मिति २०८१/०५/२४ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सेवा निवृत हुनु भएका प्रहरी नायव उपरीक्षक श्री रामकृष्ण सापकोटाज्यूले सेवामा रहँदाका आफ्ना अनुभवहरू साट्नु भएको थियो भने प्रमुख अतिथी निर्देशकज्यूले सेवामा रहदा पुर्‍याउनु भएको योगदानको उच्च प्रशंसा गर्नु हुँदै बाँकी व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सफलताको कामना सहित अवकाश पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

फेरी भेटौँला कार्यक्रम सम्पन्न
२०८१-०५-२०

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०५/१७ गतेको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर दरबन्दी भई कार्यरत रहनु भएका प्रहरी निरीक्षक गणेश पौडेलको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड, झापा सरुवा भएको हुँदा मिति २०८१/०५/२० गते यस नेपाल प्रहरी शिक्षालय, भरतपुरका निमित्त निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी निरीक्षक गणेश पौडेलले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि तथा निमित्त निर्देशकज्यूले रवाना लिई जान लाग्नु भएका प्रहरी निरीक्षक गणेश पौडेललाई शिक्षालयको तर्फबाट मायाको चिनो तथा पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयमा रहँदाबस्दा पुर्याउनु भएको योगदानको स्मरण गर्दै नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

आधारभुत प्रहरी कारवाही विधि प्रशिक्षक प्रशिक्षण तालिम समापन
२०८१-०५-१७

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर मिति २०८१/०५/११ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “आधारभुत प्रहरी कारवाही विधि प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ. देखि प्र.ज.) तालिम सातौं समूह”को मिति २०८१/०५/१७ गते यस शिक्षालयका निमित्त निर्देशक प्रहरी उपरीक्षक श्री भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिम सम्पन्न
२०८१-०३-२०

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/२५ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिम २-१७५ औं समूह” को मिति २०८१/०३/२० गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू लगायत सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक अन्जना श्रेष्ठज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

घटनास्थल अनुसन्धान सहायक तालिम सम्पन्न
२०८१-०३-१७

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०२/०६ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “घटनास्थल अनुसन्धान सहायक (प्र.व.ह.-प्र.ज.) तालिम छैठौं समूह”को मिति २०८१/०३/१७ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक भरत बहादुर बि.क.ज्यू लगायत सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक बिराट शर्मा पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी कारवाही तथा मानव अधिकार तालिम सम्पन्न
२०८१-०३-१३

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर मिति २०८१/०३/०२ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “प्रहरी कारवाही तथा मानव अधिकार (प्रहरी जवानदेखि जुनियर प्रहरी अधिकृतसम्म) तालिम चौथो समूह” को मिति २०८१/०३/१३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक भरत बहादुर बि.क.ज्यू लगायत सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक आयुष प्रसाद जोशीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम समापन
२०८१-०३-०२

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर मिति २०८१/०२/१३ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान (जुनियर प्रहरी अधिकृत) तालिम १२ औँ समूह’’को मिति २०८१/०३/०२ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८१-०२-२५

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, नक्सालको विभिन्न मितिको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा कार्यरत  प्रहरी वरिष्ठ हवल्दारबाट  प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी सहायक निरीक्षक दुर्गा बहादुर झेडि मगर र प्रहरी  हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा हुनुभएका जिवन प्रसाद महतोलाई यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूले दर्ज्यानी चिन्हबाट मिति २०८१/०२/२५ गते सुशोभन गर्नु भई सुशोभित प्रहरी कर्मचारीहरूलाई बधाई तथा पदोन्नतीसँगै प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्न समेत निर्देशन दिनु भएको थियो ।

हिरासत तथा कारागार सुरक्षा तालिम सम्पन्न
२०८१-०२-२५

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०२/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “हिरासत तथा कारागार सुरक्षा (जु.प्र.अ.) तालिम एघारौँ समूह’’ को मिति २०८१/०२/२५ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

निर्देशक प्रहरी नायव महानिरीक्षकज्यूबाट पदभार ग्रहण तथा निर्देशन सम्बोधन
२०८१-०२-२३

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्र आदेश अनुसार साईबर ब्यूरो भोटाहिटी, काठमाण्डौ  दरबन्दी भई नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज सरुवा भई मिति २०८१।०२।२३ गते हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यू नेपाल प्रहरी शिक्षालयको निर्देशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा मार्ल्यापन गर्नुको साथै यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनको क्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूबाट प्रहरी कर्मचारीहरूमा उच्च अनुशासन कायम गर्दै दिएको जिम्मेवारी निष्ठा, जवाफदेहि तथा उत्तरदायी भई वहन गर्नुपर्ने कुराहरू बताउनु भएको थियो । शिक्षालय सिक्ने र सिकाउने पवित्र थलो भएको हुदाँ हामी सम्पुर्ण प्रहरी कर्मचारीहरू समय सापेक्ष आफुलाई अपडेट गर्दै लैजानु पर्नेमा समेत जोड दिनुभयो ।  साथै सोही अवसरमा यस शिक्षालयका प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठबाट शिक्षालयको  प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो ।

फेरी भेटौँला कार्यक्रम सम्पन्न
२०८१-०२-०१

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०१/२६ गतेको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर दरबन्दी भई यसै कार्यालयमा कार्यरत रहनु भएका प्रहरी निरीक्षकद्वय विकास राई र एल्जीना राईज्यूको क्रमशः इलाका प्रहरी कार्यालय, चक्रघट्टी महेन्द्रनगर, सुनसरी र इलाका प्रहरी कार्यालय, खुर्कोट, सिन्धुलीमा सरुवा भएको हुँदा मिति २०८१/०२/०१ गते यस नेपाल प्रहरी शिक्षालय, भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।     उक्त कार्यक्रममा नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी निरीक्षकद्वय विकास राई र एल्जीना राईज्यूले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो भने निर्देशकज्यूले रवाना लिई जान लाग्नु भएका प्रहरी निरीक्षकद्वयलाई शिक्षालयको तर्फबाट मायाको चिनो तथा पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयमा रहँदाबस्दा पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

व्यक्तिगत सुरक्षा तालिम सम्पन्‍न
२०८१-०१-३१

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “व्यक्तिगत सुरक्षा (प्र.ज.देखि जु.प्र.अ.) तालिम तेस्रो समूह" को मिति २०८१/०१/३१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्‍न
२०८१-०१-२८

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ./जु.प्र.अ.) तालिम दशौँ समूह"को मिति २०८१/०१/२८ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

घटनास्थल अनुसन्धान सहायक तालिम सम्पन्‍न
२०८१-०१-२८

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/१२/१४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “घटनास्थल अनुसन्धान सहायक (प्र.व.ह.-प्र.ज.) तालिम पाचौँ समूह" को मिति २०८१/०१/२८ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी निरीक्षक एल्जीना राईज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अभिलेख व्यवस्थापन तालिम सम्पन्न
२०८१-०१-२५

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “अभिलेख व्यवस्थापन (सि.प्र.अ./जु.प्र.अ.) तालिम" सातौ समूहको मिति २०८१/०१/२५ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी  निरीक्षक गणेश पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम सम्पन्न
२०८१-०१-२३

 आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/११/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम २-१७४ औं समूह” मिति २०८१/०१/२३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई विभिन्न विधामा उत्कृष्ट भएका तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रहरी सहायक निरीक्षकहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । ५० जना प्रहरी सहायक निरीक्षकहरू सहभागी उक्त तालिममा सर्वप्रथम प्रहरी सहायक निरीक्षक बिष्णु मल्ल, कवाज प्रथम प्रहरी सहायक निरीक्षक प्रविन घलान, अध्ययन प्रथम प्रहरी सहायक निरीक्षक  काशी नाथ चौधरी, शारीरिक व्यायाम प्रथम प्रहरी सहायक निरीक्षक तेज बहादुर कठायत तथा चाँदमारी प्रथम प्रहरी सहायक निरीक्षक शिवजी दास हुनु भएको थियो भने सम्पूर्ण सहभागीहरूले सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएको थियो । उक्त समापनको अवसरमा प्रमुख अतिथीज्यूले पदोन्नतीसगै प्राप्त आधारभूत तालिममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

भीड नियन्त्रण तालिम सम्पन्न
२०८०-१२-२५

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/१२/०४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “भीड नियन्त्रण (प्र.ज.देखि जु.प्र.अ.सम्म) तालिम" २० औँ समूहको मिति २०८०/१२/२५ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

घरेलु हिंसा उजुरी सुनुवाई तथा मेलमिलाप सिप विकास तालिम सम्पन्न
२०८०-१२-२३

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/१२/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “घरेलु हिंसा उजुरी सुनुवाई तथा मेलमिलाप सिप विकास (प्र.ज.देखि जु.प्र.अ.सम्म) तालिम" दोस्रो समूहको मिति २०८०/१२/२३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी निरीक्षक सागर पन्तज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८०-१२-१९

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागको विभिन्न मितिको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत/तालिमरत प्राविधिक प्रहरी हवल्दारबाट प्राविधिक प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी वरिष्ठ हवल्दार देव बहादुर मोक्तान र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनुभएका बखत भण्डारीलाई यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूले दर्ज्यानी चिन्हबाट मिति २०८०/१२/१९ गते सुशोभन गर्नु भई सुशोभित प्रहरी कर्मचारीहरूलाई बधाई तथा पदोन्नतीसँगै प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्न समेत निर्देशन दिनु भएको थियो ।

कार्यकारी निर्देशक प्र.अ.म.नि. सन्दिप भण्डारीज्यूबाट निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न
२०८०-११-२४

नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा सञ्चालन भईरहेको विभिन्न तालिम गतिविधिको निरीक्षण तथा अनुगमन गर्नका लागि पाल्नुभएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यू मिति २०८०/११/२३ गते यस शिक्षालयमा रात्री मुकाम भई मिति २०८०/११/२४ गते सलामी ग्रहण पश्चात् शिक्षालयका प्रहरी कर्मचारीका साथै आधारभूत तथा सेवाकालीन तालिमका प्रशिक्षार्थीहरूलाई  निर्देशन सम्बोधन गर्नुभयो । निर्देशन सम्बोधनका क्रममा एउटा कोरा मान्छेलाई दक्ष प्रहरी बनाउन शिक्षालयमा कार्यरत गुरुबा, प्रशिक्षकहरूले दिएको प्रशिक्षणको सरहना गर्दै सिमित श्रोत साधन र बिनियोजित सिमित बजेटका वावजुद पनि अधिकतम व्यवस्थापन र प्रभावकारी परिचालन गरि शिक्षालयको साख कायम राखेकोमा शिक्षालयका निर्देशक सहित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । प्रशिक्षकको प्रभावकारी व्यवस्थापन गर्दै संगठनले सोचे अनुरुपको दक्ष र व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्न विशिष्टीकृत कार्यमा शिक्षालय पूर्ण रूपमा सफल हुनुपर्ने र यस शिक्षालयले संगठनको जनशक्ति व्यवस्थापनमा उच्च योगदान रहेको  बताउनुभयो ।  तालिम प्रदायक संस्थाको सेवाग्राही भनेकै प्रशिक्षार्थी भएकोले कर्मकाण्डी प्रशिक्षण मात्र नभई व्यवसायिक, आधुनिक, वैज्ञानिक र अनुशासित तवरको जनताले चाहने प्रहरी उत्पादन तथा Proactive र Reactive Policing मात्र नभई Environmental Policing को विकास भैसकेको परिपेक्ष्यमा यसको योजना समेत सुरू गर्नुपर्ने समय आएको बताउनु भयो । सानातिना कमिकमजोरी समेत हुन नदिई प्रशिक्षार्थीहरूलाई अधिकतम सुविधा प्रदान गरी सकारात्मक धारणा राख्ने जनशक्ति उत्पादन गर्ने तर्फ लाग्न निर्देशन दिदै प्रहरी कर्मचारीले आफुले कुन तालिम कहिले गर्ने योजना गरी व्यवस्थापन समेत गरोस भन्ने हेतुले Trainees Calendar निर्माण गरिएको, सरुवा/बढुवा अनुमान योग्य बनाई सबैलाई समान अवसर वितरण गर्नका लागि सरुवा मापदण्ड समेत निर्माण भएको बताउनु भयो । प्रशिक्षार्थीहरूलाई  तालिमका लागि सम्पूर्ण सामाग्री राज्यले नै दिनुपर्ने सम्बन्धी Proposal समेत तयार गरी तालुक कार्यालयहरूमा प्रतिवेदन गरिएको जानकारी गराउनु हुँदै निरीक्षण सम्बोधनको क्रममा शिक्षालयको भौतिक तथा अन्य संरचना सुधार तथा व्यवस्थापनका लागि सहयोगको प्रतिबद्धता समेत जनाउनु भएको थियो । निरीक्षणको क्रममा विभिन्न शाखा, ब्यारेक, मेस, बाह्य तथा आन्तरिक प्रशिक्षण गतिविधिहरू लगायत विविध पक्षहरूको स्थलगत अवलोकन गरि शिक्षालयको हाता भित्र वृक्षारोपण समेत गर्नुभएको थियो ।              सोही अवसरमा यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट प्रमुख अतिथिज्यूमा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रमुख अतिथिज्यूबाट प्राप्‍त निर्देशन तथा सुझावहरूलाई अक्षरस पालना गरि शिक्षालयमा कार्यरत प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको मनोवल उच्च बनाउन दत्तचित्त भई कार्य गर्ने र वर्तमान अवस्थामा समाजले रुचाउने व्यावसायिक, दक्ष र क्षमतावान प्रहरी जनशक्ति उत्पादन तर्फ लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु हुँदै शिक्षालयको वस्तुस्थिति, भौतिक पूर्वाधारमा गरिएका कार्यहरू तथा शिक्षालयका विभिन्न कार्यप्रगति विवरण लगायत विद्यमान अवस्थाको प्रशिक्षण गतिविधि सहितको प्रस्तुतीकरण समेत गरिएको थियो ।

अपराध अनुसन्धान तथा नियन्त्रण तालिम सम्पन्न
२०८०-११-२२

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/१०/२१ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित २६ कार्यदिन अवधीको “अपराध अनुसन्धान तथा नियन्त्रण (प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म) तालिम” छैठौ समूहको मिति २०८०/११/२२ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनुभएको थियो, साथै तालिम संयोजक प्रहरी निरीक्षक एल्जीना राईज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रशिक्षक आर्म ब्याच सुशोभन कार्यक्रम सम्पन्न
२०८०-१०-१९

नेपाल प्रहरीको विभिन्‍न तालिम प्रदायक निकायहरूबाट सञ्‍चालन हुने तालिममा एकरूपता कायम गर्नको लागि लागु गरिएको “नेपाल प्रहरीको तालिम सञ्‍चालन कार्यदेश-२०७९” को परिच्छेद-१७ मा व्यवस्था भए बमोजिम बाह्य प्रशिक्षण सम्बन्धी गतिविधीलाई समयसापेक्ष वैज्ञानिक एवम् स्तरयुक्त बनाउन बाह्य प्रशिक्षकहरूको क्षमता मापन गर्न मिति २०८०/१०/१८ र १९ गते लिईएको Instructor Proficiency Test (IPT) मा उत्तीर्ण हुनु हुने यस नेपाल प्रहरी शिक्षालयमा सञ्‍चालित “कवाज प्रशिक्षक प्रशिक्षण (प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म) तालिम” छैठौँ समूहमा तालिम प्राप्त २९ जना र यस नेपाल प्रहरी शिक्षालयका ७ जना गरी जम्मा ३६ बाह्य प्रशिक्षकहरूलाई मिति २०८०/१०/१९ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट प्रमाणपत्र वितरण तथा आर्म ब्याचले सुशोभित गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि निर्देशकज्यूले निर्देशन सम्बोधन गर्नुहुदैँ प्रशिक्षक आफु Role Model बन्‍नुपर्ने हुनाले आफुलाई अध्ययनशिल बनाउनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।

कार्यालय सञ्चालन तालिम सम्पन्‍न
२०८०-१०-०५

आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०।०९।०२ गतेदेखि यस नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित “कार्यालय सञ्चालन (जु.प्र.अ.) तालिम तेस्रो समूह” को मिति २०८०।१०।०५ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक गौतम थापाले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

निर्देशकज्यूबाट पदभार ग्रहण
२०८०-१०-०३

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्र आदेश अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल, काठमाण्डौ दरबन्दी भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज खटिनु भएका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यू मिति २०८०/१०/०३ गते नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा हाजिर हुनु भई निर्देशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात निर्देशकज्यूले विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनको क्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट गुणस्तरीय सामान उत्पादन गर्न सर्वप्रथम उत्पादन केन्द्र नै गुणस्तरयुक्त हुनुपर्ने विषयलाई मध्यनजर गर्दै दक्ष एवं व्यवसायिक जनशक्ति उत्पादन गर्न गुणस्तरीय प्रशिक्षण केन्द्र तथा दक्ष र व्यवसायिक प्रशिक्षक हुनुपर्ने, जसबाट गौरवमय ईतिहास बोकेको नेपाल प्रहरी संगठनको उद्देश्य एवं लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु हुँदै कार्यरत प्रहरी कर्मचारीहरूलाई समय सापेक्ष परिवर्तन भई आफुलाई रोल मोडलका रूपमा विकास गरि उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनुभयो । Chain of Command नेपाल प्रहरीको गहना रहेको र कार्यरत कर्मचारीहरूलाई सोही अनुसार कार्य गर्न र सबैको आ-आफ्नो अस्तित्व हुने कारण बानी व्यवहारमा सुधार गरि संगठनमा हुने दर्जागत दुर्व्यवहारको अन्त्य गर्न निर्देशन दिनुका साथै Positive Vibes को विकास गरि सकारात्मक सोचका साथ अघि बढ्दा सकारात्मक उर्जा प्राप्त हुने हुँदा नकारात्मक सोच एवं बानी व्यहोरालाई त्यागी व्यक्तिगत तथा व्यवसायिक जीवनमा लागू गर्न प्रेरित गर्दै अमर प्रहरीहरूको योगदानको  समेत स्मरण गर्नु भएको थियो । साथै प्रहरी नायव उपरिक्षक निशान थापाबाट शिक्षालयको  प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण भएको थियो । 

फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८०-१०-०३

नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०/०९/२४ गतेको निर्णय बमोजिम तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशले यस नेपाल प्रहरी शिक्षालयमा कार्यालय प्रमुखको रूपमा रहनु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूको काठमाण्डौ उपत्यका कार्यालय रानीपोखरी, काठमाण्डौ सरुवा हुनु भएकोमा आज मिति २०८०/१०/०३ गते फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस शिक्षालयका प्रहरी नायव उपरीक्षक निशान थापाज्यूले रवाना पत्र, मायाको चिनो, खादा अविर र पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयको निर्देशकको रूपमा रहँदा पुर्याउनु भएको योगदानको चर्चा गर्नु हुँदै नेपाल प्रहरी शिक्षालयका कर्मचारीहरूको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । विदाई भई नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा प्रशिक्षण क्रियाकलापलाई प्रशिक्षण मैत्री बनाई प्रशिक्षणलाई प्रभावकारी बनाउन भूमिका खेल्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

समुदाय‍-प्रहरी साझेदारी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्‍न
२०८०-०८-२२

आ.व. २०८०/८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/०८/०५ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “समुदाय‍-प्रहरी साझेदारी प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ.) तालिम” प्रथम समुहको मिति २०८०/०८/२२ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरूको तर्फबाट प्राप्त गुनासोहरूलाई सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम सह-संयोजक प्रहरी निरीक्षक रेशमलाल पौडेलले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।