सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
कार्यालयको फोन नं. ०५६-५२७७५२
ईमेल: npco@nepalpolice.gov.np
-
प्रहरी सहायक निरीक्षक (अल्पकालिन) तालिम २-१७७ औँ समूहको तालिम सम्पन्न
२०८२-०१-१७आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित प्रहरी सहायक निरीक्षक (अल्पकालिन) तालिम २-१७७ औँ समूहको आज मिति २०८२/०१/१७ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर वि.कज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुरेन्द्र प्रसाद जोशीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।
[ विस्तृतमा ] -
चैत महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा
२०८२-०१-०७मिति २०८२/०१/०७ गते नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका प्रमुख अतिथि समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबलका साथ प्रशिक्षण प्रदान गर्नुहुने प्रशिक्षक प्रहरी जवान निर्मला थिङलाई चैत महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा गर्नुको साथै प्रशंसा-पत्र प्रदान गर्नुभएको छ । उक्त आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा प्रशिक्षण प्रदान गर्नुहुने अन्य प्रशिक्षकहरूलाई आ-आफ्नो क्षेत्रमा दत्त चित्त भई लाग्नुहुन समेत निर्देशन दिनु भएको थियो ।
[ विस्तृतमा ] -
कार्यालय सञ्चालन तालिम सम्पन्न
२०८२-०१-०२आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/१२/०३ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “कार्यालय सञ्चालन (जु.प्र.अ.) तालिम” पाँचौ समूहको मिति २०८२/०१/०२ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर बि.कज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन के.सीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।
[ विस्तृतमा ]
प्रकाशित मिति | शीर्षक | कार्यहरु |
---|---|---|
२०८१-०६-०६ | लिलाम बिक्रि सम्बन्धी सिलबन्धी दरभाउपत्र आव्हानको सूचना | |
२०८१-०२-०३ | लिलाम बिक्रि सम्बन्धी सिलबन्धी दरभाउपत्र आव्हानको सूचना |
हाईलाईटहरु
- स्थलगत अवलोकन तथा अन्तरक्रिया र साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न
- प्रहरी सहायक निरीक्षक (अल्पकालिन) तालिम २-१७७ औँ समूहको तालिम सम्पन्न
- चैत महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा
- कार्यालय सञ्चालन तालिम सम्पन्न
- विशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्न
- महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम सम्पन्न
- सुरक्षा तालिम समापन कार्यक्रम सम्पन्न
Reports and Publications
